Skip to content
LAXMI SUNRISE BANK

‘शुभ लक्ष्मी कोष’ को ५ करोड इकाई बिक्री खुला, न्यूनतम १०० इकाईदेखि आवेदन दिन सकिने

अर्थ सरोकार

काठमाडौं । लक्ष्मी क्यापिटलले ‘शुभ लक्ष्मी कोष’ को इकाई आज साउन १९ गते बिहिबारदेखि बिक्री खुला गरेको छ । क्यापिटलले ‘शुभ लक्ष्मी कोष’ को ५ करोड इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये ७५ लाख इकाई कोष प्रवद्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी १ करोड ७५ लाख इकाईमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम ५० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् भने साउन २३ गतेसम्म आवेदन दिन पाइनेछ । लक्ष्मी क्यापिटलको व्यवस्थापनमा संचालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ २ गतेसम्म खुला रहनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK