×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकद्वारा बुटवलको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकद्वारा बुटवलको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण

३१ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंकले बुटवल उप-महानगरपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नरहेको अवस्थामा बैंकले ३०० विद्यार्थीहरुलाई पुग्ने गरी प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको RO Filter Plant जडान गरेको छ । बिहिबार साउन २६ गते विद्यालयमा भएको एक कार्यक्रममा सो RO Filter Plant को उद्धघाटन गरिएको बैंकले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा सनराइज बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उप-महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार परमानन्द भट्टराई, विद्यालयकी प्र.अ. शान्ति शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम ढकाल समेतको  उपस्थिती रहेको थियो ।

उक्त सामाजिक कार्यले विद्यार्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी र स्वस्थ रुपमा पठनपाठन गर्न मद्दत पुर्याउने विद्यालयकी प्र.अ. शान्ती शर्माले बताइन् । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी