×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गैरकानुनी धन्दा चलाउने ब्रोकर कम्पनीमाथि धितोपत्र बोर्डको ‘एक्सन’, थ्राईभ ब्रोकरलाई तिरायो ५० हजार जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गैरकानुनी धन्दा चलाउने ब्रोकर कम्पनीमाथि धितोपत्र बोर्डको ‘एक्सन’, थ्राईभ ब्रोकरलाई तिरायो ५० हजार जरिवाना

Artha Sarokar

३१ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गैरकानुनी धन्दा चलाउने ब्रोकर कम्पनीमाथि धितोपत्र बोर्ड ‘एक्सन’मा उत्रिएको छ ।  धितोपत्र नियमावली विपरित मनपरी गरेको भन्दै ब्रोकर नम्बर १३ अर्थात थ्राईभ ब्रोकरेज हाउस कार्वाहीमा परेको छ । बोर्डको अनुमतिबिना शाखा स्थापना गरेको भन्दै नेपाल धितोपत्र बोर्डले थ्राइभ ब्रोकरेज हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

ब्रोकरले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) विपरित काम गरेको ठहर गर्दै बोर्डले जरिवाना गरेको हो । बोर्डका अनुसार थ्राइभ ब्रोकरेज हाउसलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम नलिइ तनहुँ जिल्ला स्थित व्यास नगरपालिका–२, दमौलीमा शाखा कार्यालय खोलेपछि बोर्डले जरिवाना गरिएको छ ।

‘धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ’– धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा भनिएको छ । यसरी बोर्डको स्विकृतिबिनै ब्रोकरले मनोमानी गर्दै शाखा विस्तार गरेको भन्दै कार्वाही गरिएको बोर्डले जनाएको छ ।

उक्त ब्रोकरले उल्लेखित नियमावलीको उक्त व्यवस्था अनुरुप शाखा कार्यालय खोल्न बोर्डबाट स्वीकृति नलिएको हुँदा जरिवाना गरिएको बोर्डले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी