काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको साधारण सभाबाट शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको १४ औँ वार्षिक साधरण सभाले १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब २९ करोड रुपियाँ रहेको छ भने हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपियाँ पुग्ने छ । हाल अपर तामाकोशीको सेयर मूल्य ५ सय भन्दा कम रहेको छ । तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।