Skip to content
LAXMI SUNRISE BANK

चीनको स्मार्टफोन बजारमा भिभो शीर्ष स्थानमा

अर्थ सरोकार

काठमाडौं । काउन्टर पोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ ।

मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसँग बुझेर विश्वव्यापीरुपमा विस्तार गरिरहेको छ । हाल, भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ र विभिन्न मुल्य दायरामा विश्वभरका ४०० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूको मन जितिसकेको दाबी गरेको छ ।

सन् २०२२ को दोस्रो त्रैमासिकको सेल्स परिणामको बारेमा कुरा गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोको विविध पोर्टफोलियोले ब्राण्डलाई आफ्नो नेतृत्व कायम गर्दै राम्रो बजार हिस्सा ओगट्न मद्दत गरेको छ । ब्राण्डले सकारात्मक सन्देश र नवीन क्षेत्रीय रणनितिद्वारा यो गति हासिल गरेको हो । विशेष गरी युवा ग्राहकहरुबाट ब्राण्डले बजेट फेन्ड्ली खण्डमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।’

उपभोक्ता-केन्द्रित ब्राण्डले आफ्नो भी र वाई सिरिजका कारण यो सफलता तथा लोकप्रियता हासिल गरेको जनाएको छ । भी श्रृंखला, यसको क्यामेरा-केन्द्रित नवीनता र जेसिस्सँगको साझेदारी तथा वाई श्रृंखला, यसको प्रविधि तथा बजेट फ्ल्यागशिप अनुभवको कारण युवाहरूको रोजाइमा परेको कम्पनीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK