कैलाली । केहि दिन यता परेको निरन्तरको झरीले कैलालीका नागरिक बाढी पीडीत बनेका छन् । निरन्तर परेको झरीपछि आएको बाढीले घरबारी नै डुबाएपछि अहिले नागरिकहरु प्रहरीको शरणमा पुगेका छन् । कैलालीको कैलारी गाउँपालिकामा त कतिपय परिवार त विस्तापित नै हुने स्थितिमा छन् । अहिले शसस्त्र प्रहरीले पीडीतहरुको उद्धार गरिरहेको छ । झरीले करोडौंको क्षति पुर्याइएको अनुमान गरिए पनि त्यसको यकीन तथ्यांक भने आउन बाँकी छ । यद्यपी बाढी पीडीतका तस्विरले पीडीतको स्थिति कति अफ्ट्यारो छ भन्ने देखाउँछ । बाँकी तस्विरमा हेर्नुहोस् ।