×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरमा डोजर चल्ने डरले अनाधिकृत संरचना आफैं हटाउँदै घरधनी

PRIME CA
GLOBAL IME BANK

घरमा डोजर चल्ने डरले अनाधिकृत संरचना आफैं हटाउँदै घरधनी

२० भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । घरमा डोजर चल्ने डरले काठमाडौं महानगरपालिकामा घरधनीहरु अवैध संरचना आफै हटाउन थालेका छन् । नियमविपरित बनाइएका संरचना भत्काउन काठमाडौं महानगरपालिकाको डोजर गोंगबु बसपार्क एरियामा पुगेपछि घरधनीहरु आफै संरचना हटाउन थालेका हुन् ।

सोमबार गोंगबु बसपार्क क्षेत्रका अधिकांश ठाउँमा डोजर ‘स्ट्याण्डबाई’ थियो भने, घरधनीहरु संरचना हटाउन धमाधम लागिरहेका थिए । ‘डोजरले नै भत्काउने हो भने संरचना काम नलाग्ने गरी ध्वस्त हुन्छ’, एक स्थानीयले भने, ‘त्यो भन्दा आफैले संरचना हटाउँदा क्षति पनि कम हुन्छ र सो संरचना पुनः प्रयोग गर्न समेत काम लाग्छ ।’ स्थानीयले डोजरको क्षति कम गर्नकै लागि कवाडी संकलन गर्ने व्यक्तिलाई लगाएर संरचना हटाएका हुन् ।

‘जसरी, जे गरेपनि आखिर अवैध संरचना भत्किने नै हो । अटेर गरे पनि बालेनले कसैलाई टेर्दैनन् । डोजर लगाएरै भएपनिअवैध संरचना भत्काएरै छोड्छन् ।’ एक स्थानीयले अर्थ सरोकारसँग भने -‘डोजरको क्षति सहन गाह्रो हुन्छ । बरु, आफै हटाए कमसेकम क्षतिको भार त कम हुन्छ । त्यसैले आफै लागेर फुटपाथमा परेको ट्रस्ट हटाउन लागेको छु ।’

आइतबार कोटेश्वरमा गैरकानुनी रुपमा निर्माण भएका संरचना भत्काएको महानगर सोमबार गोंगबु बसपार्क पुगेको थियो । अवैध संरचना हटाउने अभियानमा निरन्तर लागि परेको महानगरपालिकालाई पछिल्लो समय स्थानीयले पनि साथ दिन थालेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: