×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोंगबु बसर्पामा पनि पुग्यो महानगरको डोजर, पालैपालो काठमाडौंका अवैध संरचना भत्काउने लाईनमा बालेन्द्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गोंगबु बसर्पामा पनि पुग्यो महानगरको डोजर, पालैपालो काठमाडौंका अवैध संरचना भत्काउने लाईनमा बालेन्द्र

Artha Sarokar

२० भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नियमविपरित निर्माण गरिएका अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाको डोजर बालाजुको गोंगबु बसपार्क क्षेत्रमा पुगेको छ । अनाधिकृत संरचना हटाउने अभियान थालेको बालेन्द्रको डोजर अभियान सोमबार बसपार्क क्षेत्रमा पनि सुरु भएको छ ।

महानगरपालिको जारी गरेको ३५ दिने सूचना नमान्ने र निर्देशनको अटेर गर्नेहरुको अवैध सुंरचनामा डोजर चलाउने महानगरपालिकाले जनाएको छ । अहिले महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा बसपार्क क्षेत्रका अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउने काम भइरहेको छ । मैपीदेवीबाट मित्रनगरतर्फ जाने सडकमा अहिले महानगरले डोजर प्रयोग गरेर अवैध संरचनाहरु हटाइरहेको पाण्डेले जानकारी दिएका छन् ।

यसो त पछिल्लो केहीदिनयता काठमाडौं महानगरपालिकाले नियमविपरितका अवैध संरचना भत्काउने अभियानमा तिव्रता दिएको छ । कतिपय अन्य स्थानीय पालिकाहरुले पनि बालेन्द्रको अभियानलाई समर्थन गर्दै आफ्नो क्षेत्रमा भएका अवैध संरचना हटाउने अभियान सुरु गरिसकेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी