काठमाडौं । भारतीय केराको आयातमा वृद्धि भएपछि चितवनका किसान मर्कामा परेका छन् । आफुहरुले उत्पादन गर्दै आएको केराले बजार नपाउने तर भारतीय केराको आयात बढेपछि केरा उत्पादक किसानहरु आन्दोलित बनेका छन् । यसैबीच भारतबाट आयात हुने केरामा रोक नलगाए आन्दोलन चर्काउने चितवनका केरा किसानले चेतावनी दिएका छन् ।
बुधबार चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै चितवन केरा उत्पादक संघले भारतीय केराको आयातमा रोक लगाउन चेतावनी दिएको हो । ‘हामीले दुःख गरी स्थानीय स्तरमा केरा उत्पादन गर्छौं तर हाम्रो उत्पादनले बजार पाउँदैन’, संघका अध्यक्ष माधवप्रसाद घिमिरेले भने -‘अव केराको व्यापार हुने सिजन सुरु भएको छ । चाडपर्वमा केराको खपत अन्य समयको तुलनामा बढी हुन्छ । तर, मागलाई धान्न सक्नेगरी केराको उत्पादन गरेका छौँ, बाहिरबाट आयात गर्नुपर्दैन ।’
अध्यक्ष घिमिरेका अनुसार चाडपर्व नजिकिएसँगै भारतीय केराको आयातमा वृद्धि हुँदा नेपाली किसान मर्कामा परेका छन् । ‘साउनसम्म भारतीय केराको आयात न्युन रुपमा भएको थियो । सो समयमा स्वदेशी उत्पादको खपत आशलाग्दो थियो । त्यसैमाथी केरा आयात गर्न पनि एलसी अनिवार्य गरेपछि भारतीय केराको आयात कम भएको थियो’, उनले भने, ‘तर, अहिले नियमन फितलो हुँदा फेरि केराको आयात बढेको छ । जसको असर नेपाली केरा उत्पादक किसानले भोग्नुपरेको छ ।’
गत जेठमा मालभोग केरा दर्जनको ९० रुपैयाँ र हरियो केरा ‘जी नाइन’ दर्जनको ६० रुपैयाँमा बारीबाटै बिक्री भएको नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताएका छन् । अहिले हरियो केरा दर्जनको ३० रुपैयाँमा झरेको छ । ‘आउँदो दुई महिना देशभर तीन लाख ५० हजार मेट्रिक टन केरा आवश्यक पर्दछ । जुन आवश्यकता हामी सजिलै पूर्ति गर्न सक्छौँ’, पन्तले भने, ‘अहिले भारतबाट काठमाडौंमा मात्रै दैनिक ८ देखि १० गाडी केरा आयात हुनेगर्छ । यसले स्वदेशी उत्पादनको खपत घटाएको छ ।’
यसो चितवनका केरा उत्पादक किसानहरुले सरकारको सहयोगविनै केरा उत्पादन गरिरहेका छन् । त्यसैमाथि देशभर मलखादको अभाव छँदैछ । भारतीय केराको तुलनामा स्वदेशी केराको मूल्य केही बढी हुने भएकाले पनि व्यापारिहरुले भारतीय केराको माग बढी गर्ने गरेको किसानको गुनासो छ ।
सिजनको समयमा पनि स्वदेशी किसानले उत्पादनको बजार र मूल्य नपाउँदा भारतीय केराको आयातमा रोक लगाउन आह्वान गरेका छन् । ‘किसानको समस्यालाई बुझेर सरकारले भारतीय केराको आयातमा रोक लगाउन पहल गर्नुपर्छ’, चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले भने, ‘२९ गतेपछि पनि भारतीय केराको आयात भइरहे हामी सशक्त आन्दोलनमा उत्रिने छौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्