कर्णाली । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत वाणिज्य बैंकहरुले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले विरोध जनाएका छन् । तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैंकहरुले असोज मसान्तभित्र साँवाब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरुले विरोध जनाएका हुन् ।
नेपाल राष्ट्र बैंकले ५ करोडसम्मका ऋणका हकमा असोज मसान्तसम्म तिर्न नसक्ने ऋणीलाई हर्जना नलगाउन, ताकेता नगर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । तर बैंकहरुले सात दिनभित्र ब्याज/हर्जना रकम तिर्न भन्दै पत्राचार गर्ने, सूचना टाँस गर्नेलगायतका कार्य गरेपछि सुर्खेत उद्योग वाणिज्य सङ्घले आपत्ति जनाएको हो ।
सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले व्यापार-व्यवसाय धरापमा परेका बेला राष्ट्र बैंकको नीतिविरुद्ध व्यवसायीहरुलाई मानसिक तनाव दिने काम गरेको बताए । यस्तै अध्यक्ष कँडेलले आफू पनि बैंकको ताकेताबाट पीडित भएको बताए । उनले भने, ‘आर्थिक मन्दीले व्यवसाय ठप्प छ, बैंकले मनपरी ब्याज बढाउने, राष्ट्र बैंकको निर्देशन विपरीत ताकेता गर्ने काम भइरहेको छ ।’
यसैगरी नेपाल चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले बैंकहरुले अस्वाभाविक रुपमा ब्याजदर बढाएपछि व्यवसाय धान्न गाह्रो परिरहेको गुनासो गरेका छन् । यसअघि सुर्खेत उद्योग वाणिज्य सङ्घले आर्थिक समस्या समाधानका लागि अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका थिए । साथै राष्ट्र बैंक र जिल्लास्थित सम्पूर्ण वाणिज्य बैंकहरुलाई पनि विरोधपत्र बुझाएका थिए ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले केन्द्रीय बैंकको निर्देशन विपरीत बैंकहरुबाट काम भइरहेको भए कारबाही हुने बताएका छन् । उनले भने, ‘हाम्रा आफ्नो संयन्त्रबाट वाणिज्य बैंकका कार्यहरुको निगरानी भइरहेको हुन्छ, अन्य संयन्त्रबाट पनि सूचना पाइरहेका हुन्छौँ, यदि त्यसो हो भने राष्ट्र बैंकले आवश्यक कारबाही गर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्