काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण एटिएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरुले बैंकको जुनसुकै एटिएम तथा बैंकका पीओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सकिने भएको छ।
यस बैंकको एटिएम तथा पीओएसहरुमा हाल भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो भने यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पे सहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डहरुको भुक्तानी बैंकको सबै एटिएम तथा पीओएसको माध्यमबाट गर्न सकिने बैंकले जनाएको छ ।
साथै, उक्त सम्झौत अनुसार बैंक अफ काठमाण्डू लिमिटेडले मास्टरकार्डसंग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्नो ग्राहकहरुलाई मास्टरकार्ड उपलब्ध गराउने भएको छ । अब मास्टरकार्ड बाहकहरुले बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटिएम तथा विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरु लगायत अन्य धेरै स्थानहरुमा सेवा तथा सुबिधा पश्चात् आफुसंग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको दाबी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्