×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, ५ दिन कैद र ५ लाख २५ हजार जरिवाना

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला काठमाडौँ चन्द्रागिरी नगरपालिका ०८ गौंथलिचोक बस्ने २७ वर्षीय नबिन के. सी. सो कसुरमा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१ हजार क्षतिपूर्ति सुनाएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीटोलीले भदौ २२ गते बुधबार थापाथलीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका के.सी. लाई थप अनुसन्धान तथा फैसला कार्यान्यवनका लागि ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: