×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भारतीय अनुदानमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजन सम्पन्न

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुन लागेको काभ्रेपलाञ्चोकको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजन सम्पन्न भएको छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र स्व.पूर्व प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त रुपमा परियोजनाको शिलन्यास गरेका थिए । असोज ७ गते भूमि पूजन गर्दै भारतीय राजदुत नविन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाणले परियोजनाको उद्घाटन गरेका हुन् ।

यो भारत सरकारको ने.रु. १००० करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण हुने परियोजनामध्येको एक हो । भारत स्वतन्त्र भएको ७५औँ वर्षको उत्सव मनाउदै भारत सरकारले अघि सारेको ‘क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव’ अन्तर्गत रहेको भारतीय राजदुतावासले जनाएको छ ।

दुतावासका अनुसार यस परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिनेछ । दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जामैत्री हुनेछ । त्यस्तै आधुनिक सेवा सुविधा सहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्नेसमेत दुतावासले जनाकारी दिएको छ ।

भूमि पूजन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे । ‘यो परियोजना भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको छ’, उनले भने, ‘परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहनेछ ।’

यता गृहमन्त्री बालकृष्ण खाण्ले यस परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: