×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्ध एयरको कमाई ९ महिनाको साढे ७ अर्ब, अन्तराष्ट्रिय उडानबाट मनग्य आम्दानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुद्ध एयरको कमाई ९ महिनाको साढे ७ अर्ब, अन्तराष्ट्रिय उडानबाट मनग्य आम्दानी

Artha Sarokar

२७ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो ९ महिनामा बुद्ध एयरको आम्दानीमा साढे ७ अर्ब बढी आम्दानी गरेको छ । सन् २०२१ मा कम्पनीले ३ अर्ब ३३ करोड ६० लाख रुपैंया अम्दानी गरेको कम्पनीले सन् २०२२ को ९ महिनामा ७ अर्ब ६९ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको हो ।

आन्तरिक तथा बाह्य (भारत) उडान सेवा संचालन गर्दै आएको बुद्ध एयरले सन् १९९६ देखि उडान सेवा प्रारम्भ गरेको हो । सुरेन्द्र बहादुर बस्नेत अध्यक्ष रहेको सो कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँ र १ करोड ८० लाख अमेरिकी डलरको रेटिङ गराएको छ ।

कोरोनाका कारण ठूलो लस बेहोर्नु परेको भएपनि अहिले बिजनेशमा आशाजनक ग्रोथ भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल औषतमा कम्पनीले मासिक ८५ करोड ५० लाखको हाराहारीमा आम्दानी गर्ने गरेको छ । कम्पनीले कोरोना कहरकैबीच एटीआरको ३ वटा प्लेन थप गरेको थियो । हवाई सेवालाई थप विस्तार गरेपछि कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएको कम्पनीको भनाई छ । तर, सन् २०२१ मा बजार हिस्सा ५८ प्रतिशत रहेको कम्पनीको बजार हिस्सा सन् २०२२ को ९ महिनामा दुई प्रतिशतले घटेर ५६ प्रतिशत कायम गरेको छ ।

यता नेपालकै ठूलो र पुरानो एयरलाइन्स समेत रहेको बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानबाट पनि उत्साहजनक आम्दानी गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी