×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकहरुले उद्योगी व्यवसायीमाथि ठगी गरेका छन्, ब्याजदर नियन्त्रण नगरे सरकारलाई उद्योगको चाबी बुझाउँछौं : श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी व्यवसायीमाथि ठगी गरेको आरोप लगाएका छन् ।

उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । साथै, ब्याजदर नियन्त्रण नभए सरकार र राष्ट्र बैंकलाई उद्योगको चाबी बुझाउने चेतावनी समेत दिएका छन् । तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत अधिक ब्याज लिइएको भन्दै उनले बैंकहरुलाई उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारबाही गर्नुपर्ने श्रेष्ठले बताए ।

‘बैंकहरुले उद्योगी व्यवसायीमाथि ठगी गरेका छन् । निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गरी त्यसमा प्रिमियम जडेर ऋणिमाथि थप बोझ थोपरेका छन्,’ श्रेष्ठले थपे, ‘तत्काल बैंकको ब्याज नियन्त्रण नगरे सरकार र राष्ट्र बैंकलाई उद्योग र व्यवसायको चाबी बुझाउँछौं ।’

बैंकहरु आफैं ब्याज बढी दिने र आधार बढेको बहानामा कर्जाको ब्याजदर र कर्जामा मार्जिन दरसमेत वृद्धि गरिएको श्रेष्ठले बताए । बैंक ब्याजदर, एलसी, नगद मार्जिन जस्ता विषयमा नेपाल राष्ट्र बैंकको नीति फेल भएको उनको भनाइ थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: