Skip to content
LAXMI SUNRISE BANK

महाअभियोग सिफारिस समितिले चोलेन्द्र शम्शेर जबराको सम्पत्ति विवरण माग्यो !

अर्थ सरोकार

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सम्पत्ति विवरण माग गरेको छ । भदौ ३१ गते शुक्रबार बसेको समितिको बैठकले न्याय परिषदसँग जबराको सम्पत्ति विवरण मगाएको हो ।

समितिले शुक्रबार नै जबराको सम्पत्ति विवरण उपलब्ध गराउन परिषद्लाई जानकारी गराएको छ । शुक्रबार बिहान बसेको समितिको बैठक भने केही समयको लागि स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक चलिरहेकाले समितिको बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभाको बैठक सकिएपछि पुन : समितिको बैठक बस्ने भएको छ । आज बिहानै जबरालाई बोलाएर पूरक प्रश्न सोध्ने कार्यक्रम भए पनि स्थगित भएको हो । साँझसम्मलाई स्थगित भएको समितिका एक सदस्यले बताएका थिए।

समितिले ४३ वटा प्रश्न सोधेकामा जबराले १७४ पेज लामो बयान दिएका थिए । जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK