काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सम्पत्ति विवरण माग गरेको छ । भदौ ३१ गते शुक्रबार बसेको समितिको बैठकले न्याय परिषदसँग जबराको सम्पत्ति विवरण मगाएको हो ।
समितिले शुक्रबार नै जबराको सम्पत्ति विवरण उपलब्ध गराउन परिषद्लाई जानकारी गराएको छ । शुक्रबार बिहान बसेको समितिको बैठक भने केही समयको लागि स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक चलिरहेकाले समितिको बैठक स्थगित भएको हो ।
प्रतिनिधिसभाको बैठक सकिएपछि पुन : समितिको बैठक बस्ने भएको छ । आज बिहानै जबरालाई बोलाएर पूरक प्रश्न सोध्ने कार्यक्रम भए पनि स्थगित भएको हो । साँझसम्मलाई स्थगित भएको समितिका एक सदस्यले बताएका थिए।
समितिले ४३ वटा प्रश्न सोधेकामा जबराले १७४ पेज लामो बयान दिएका थिए । जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्