×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वर्किङ भिसामा अफगानिस्तान पठाईदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ, को हुन् उनी ?

काठमाडौँ । अफगानिस्तान पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला चितवन भरतपुर महानगरपालिक वडा नं. २१ गीतानगर घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने ३९ वर्षीय रबिन अधिकारी भन्ने रबिन्द्र अधिकारी पक्राउ परेका हुन् । उनी ‘राप्ती प्लेसमेन्ट सर्भिसका ‘ संचालक समेत हुन् ।

अधिकारीले टिका बिश्वकर्मलाई वर्किङ भिसामा अफगानिस्तान पठाईदिन्छु र अफगानिस्तान पुगेपछि सेक्युरेटी गार्डको जागिर लगाईदिने प्रलोभनमा पारी पिडितबाट ८ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बिहिबार भदौ १६ गते बसुन्धाराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकारीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौँमा पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: