×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, १३ लाख ४६ हजार रकम ठगेको आरोप !

PRIME CA

युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, १३ लाख ४६ हजार रकम ठगेको आरोप !

अर्थ सरोकार

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार

काठमाडौँ । युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला शोलुखुम्बु दुधकोशी गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौँ कगेश्वरी मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्की पक्राउ गरेका हुन् ।

कार्कीले वर्किङ्ग भिसामा युके लगायतका देशमा रोजगारीका लागि पठाइदिने भन्दै प्रलोभनमा पारी लमहु शेर्पासमेत पिडितहरुबाट १३ लाख ४६ हजार रकम ठगी गरी सम्पर्कविहिन भएको प्रहरीले जनाएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीटोलीले कार्कीलाई भदौ ३० गते धुम्वाराहीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागी वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: