×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेयर बजारमा १ महिनामा २२ लाखले गरे इन्ट्री, डिम्याट खाता खोल्नेको संख्या १० करोड नाघ्यो

PRIME CA

भारतीय सेयर बजारमा १ महिनामा २२ लाखले गरे इन्ट्री, डिम्याट खाता खोल्नेको संख्या १० करोड नाघ्यो

अर्थ सरोकार

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार

काठमाडौं । पछिल्लो समय सेयर बजारमा आकर्षण बढ्दो छ । नयाँ लगानीकर्ता थपिने संख्या पनि आशलाग्दो छ । यसैबीच भारतमा डिम्याट खाता खोल्नेहरुको संख्या १० करोड नाघेको छ ।

भारतमा पछिल्लो अगस्ट महिनामा मात्रै २२ लाख नयाँ खाताहरू खोलिएको भारतको सेन्ट्रल डिपोजिटरी सर्भिसेज (सीडीएसएल)ले जानकारी दिएको छ । यसो त भारतको सेयर बजारमा कारोना महामारीको संक्रमणका समयमा नयाँ लगानीकर्ताहरु प्रवेश गरेका छन् । मुलुकभर लकडाउन लागेका बेला घरमै बस्नुपर्ने अवस्थाकाबीच डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको हो ।

हाल भारतको सेयर बजारमा कुल जनसंख्याको ७.२४ प्रतिशत नागरिकले मात्र डिम्याट खाता खोलेको देखिन्छ ।

मार्च २०२० सम्म सेन्ट्रल डिपोजिटरी सर्भिसेज र राष्ट्रिय धितोपत्र निक्षेपहरूमा कुल खाताको संख्या ४ करोड रहेको थियो । भारतमा १८ वर्ष वा सोभन्दा माथि उमेर पुगेका र प्यान कार्ड भएका कुनैपनि बासिन्दा डिम्याट खाता खोल्नका योग्य मानिन्छन् । नेपालमा पनि ५३ लाख ९२ हजार डिम्याट खाताहरु रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: