Skip to content
LAXMI SUNRISE BANK

बिरगंजमा डिशहोम फाईवरनेटको सह-वितरण सोरुमको समुद्धघाटन

अर्थ सरोकार

काठमाडौँ । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले बिरगंजमा पनि सह-वितरण सोरुमको सुभारम्भ गरेको छ ।

सोरुम समुद्धघाटनमा डिशहोमका तर्फबाट जेनरल सेल्स म्यानेजर रमेश सापकोटा ,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर मनोज घिमिरेको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको शुभम ट्रेडर्सले अब डिशहोम फाईवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिने जनाएको छ।

५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको शुभम ट्रेडर्सले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने शुभम ट्रेडर्सका संचालक चन्दन रौनियारले जानकारी दिएका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK