×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अहिलेसम्मकै नयाँ उचाइमा डलरको भाउ, १ डलर बराबर १२९ रुपैयाँ ८९ पैसा कायम !

काठमाडौं । २ महिनाअघिको रेकर्ड तोड्दै शुक्रबार नयाँ उचाइ कायम गरेको अमेरिकी डलरको भाउले आइतबार पुनः नयाँ उचाइमा पुगेको छ । शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको भाउ आइतबार फेरि बढेर १ डलर बराबर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ ।

हाल अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो । अमेरिकी केन्द्रीय बैंक ‘फेडेरल रिजर्भ’ (फेड)ले ब्याजदर बढाउँदा अमेरिक डलर बलियो हो । अगामी दिनेमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् ।

अहिले अमेरिकी फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउमा असर परेको छ भने ताइवानलाई लिएर अमेरिका र चीन बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको छ । धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउदा डलरको मग बढेका छ । यसले भाउ बढाएको हो ।

पछिल्लो समय भारतीय रुपैयाँ भने कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो । आइतबार नेपाली रुपैयाँ इतिहासकै सबेभन्दा कमजोर बनेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: