×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विश्व बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

Artha Sarokar

७ आश्विन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विश्व बजारमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलरको भाउ (बिक्रीदर) १२९ रुपैयाँ ६८ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १२९ रुपैयाँ ०८ पैसा कायम भएको छ । यसअघि बिहीबार १ डलरको भाउ (बिक्रीदर) १२८ रुपैयाँ २७ पैसा र खरिददर १२७ रुपैयाँ ६७ पैसा पुगेर हालसम्मकै उच्च विन्दुमा पुगको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

बुधबार अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर थप ७५ बेसिस पोइन्ट (आधार विन्दु) ले बढाएपछि डलर बलियो बनेको हो । फेडरल रिजर्भले आगामी दिनमा ब्याजदर थप ठूलो विन्दुले बढ्न सक्ने पनि संकेत गरेको छ । तसर्थ, आगामी दिनमा अमेरिकी डलर थप बलियो हुने अनुमान गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी