×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेष्ट बैंकले सुरू गर्यो इ-पैचो फोन लोन सुविधा, मोबाइलबाटैत बिना धीतो कर्जा लिन सकिने

काठमाडौं । एभरेष्ट बैंकले ‘इ-पैचो फोन लोन’ सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप ‘इबीएल टच २४’ मार्फत बिना धीतो २ लाख सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । इ-पैचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छ । यसमा ग्राहकहरुको योग्यता मापनमा विभिन्न प्यारामिटरहरुको प्रयोग गरिएको छ । बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका अन्य प्यारामिटरको प्रयोग गरिएको छ । साथै यसमा आफुले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौतासहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध छ ।

इ-पैचो फोन लोनका लागि योग्य ग्राहकहरुले कुनैपनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी गर्दा ‘Buy Now Pay Later’ सुविधा प्रयोग गर्न सक्ने छन् । यी सेवाहरु लिनका लागि ग्राहकले प्रमाणित इमेल ठेगानाको साथै इ-पैचो फोनलोनमा दर्ता गर्नुपर्नेछ । इ-पैचो फोनलोनका लागि विभिन्न मापदण्डको आधारमा योग्यता निर्धारण गरि स्वचालित रुपमा कर्जा पाइन्छ । जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै बक्यौता वा ऋण नभएको जस्ता मापदण्ड रहेका छन् । योग्य मानिएका ग्राहकहरुको मोबाइल एपमा इ-पैचो लोन फोन आइकन आउने छ र त्यहाँ दिइएको रजिष्टर बटनमा क्लिक गरी रजिष्टर गरेपछि इमेल प्रमाणिकरण गर्नुपर्ने हुन्छ । इमेल प्रमाणिकरण भएसँगै ग्राहकले रियल टाइममै बिना धीतो कर्जा लिन सक्ने छन् ।

इ-पैचो फोनलोनका विषयमा बैंकका रिटेल एण्ड एसएमइ क्रेडिट प्रमुख विष्णु ज्ञवालीले भने, ‘नेपालमा कर्जा पाउनु निकै कठिन छ । कर्जाको सरल पहुँच बढाउन हामीले योग्य ग्राहकहरुलाई इ-पैचोफोनलोन मार्फत कर्जा उपलब्ध गराउन लागेका छौँ । इ-पैचोफोनलोन सेवा मार्फत कर्जा लिन र भुक्तानी गर्न ग्राहकहरुले कुनै चिन्ता लिनु पर्ने छैन । ग्राहकहरुले मात्रै खाता सन्तुलनमा राखी कारोबार गर्नुपर्ने छ बाँकी सबै काम हामीले गर्ने छौँ ।’

सन् १९९४बाट सञ्चालनमा आएको एभ्रेष्ट बैंक, नेपाल राष्ट्र बैंकले क वर्गमा वर्गीकरण गरेको बैंक हो । देशभर ३९,१६७ डेलिभरी च्यानल, १०,०९८ आन्तरिक शाखा भएको एभ्रेष्ट बैंकसँग १५,७१९ ब्यापारिक घराना आवद्ध रहेका छन् । यसका साथै बैंकका २ अन्तराष्ट्रिय शाखा र देशभर १३,३५० एटीएम बूथ रहेका छन् । इबीएल टच २४ एप डाउनलोड गर्नका लागि आइओएस प्रयोगकर्ताहरुले एप स्टोरबाट र एन्रोइड प्रयोगकर्ताहरुले प्लेस्टोरबाट डाउनलोड गर्न सक्ने छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: