काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १२ रुपैयाँ कायम गरेको छ ।