×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो, अब कहिलेसम्म पाईन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो, अब कहिलेसम्म पाईन्छ भर्न ?

Artha Sarokar

१९ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन बैंकले बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थप गरेको छ । अब उक्त ऋणपत्रमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसअघि बैंकले भदौ १९ गते आइतबारसम्म आवेदन दिन सकिने जनाएको थियो । तर सो समयमा माग अनुसारको आवेदन नपरेपछि भदौ २९ गतेसम्मका लागि आवेदन दिने समय थप गरेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले खुला गरेको कुल १ अर्ब १० करोड ऋणपत्रमा सर्वसाधारणले १० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् भने १५ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट लिन सकिनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ ।

सोही अनुसार सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक फण्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । यसमा सी-आश्वमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी