×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत सरकारको २ करोड लागतमा निर्मित विद्यालय परियोजना उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भारत सरकारको २ करोड लागतमा निर्मित विद्यालय परियोजना उद्घाटन

Artha Sarokar

१९ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रुपन्देहीमा विद्यालय परियोजनाको उद्घाटन गरिएको छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विद्यालय परियोजनाको उद्घाटन गरिएको हो ।

परियोजनाको शनिबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृह मन्त्री बालकृष्ण खाणद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको भारतीय राजदुतावासले जनाएको छ । दुतावासका अनुसार यस परियोजनामा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका, धकधईमा अवस्थित राम नरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय तथा प्रयोगशाला भवन रहेका छन् । सो परियोजनामा भारत सरकारको २ करोड ९ लाख लगानी रहेको सो परियोजनालाई जिल्ला समन्वय समिति रुपन्देहीले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा कार्यान्वयन गरेको हो ।

भारतको ७५ औँ स्वतन्त्र दिवशको अवसरमा भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत नेपालमा ७५ वटा परियोजना उद्घाटन गरिने भारतीय राजदुतावासले जनाएको छ । भारतीय दुतावासका अनुसार यसअघि सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेको छ । ती मध्ये रुपन्देही जिल्लाका १२ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी