×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँट, ३६ हजार ८ सय ५९ जनाले बजाए ताली, बाँकीको हात खाली !

PRIME CA
GLOBAL IME BANK

श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँट, ३६ हजार ८ सय ५९ जनाले बजाए ताली, बाँकीको हात खाली !

२७ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी गरेको आइपीओ आज भदौ २७ गते सोमबार बाँडफाँट गरेको हो ।

लघुवित्तले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको आइपीओमा गोलाप्रथामार्फत कुल ३६ हजार ८ सय ५९ जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा १ हजार ३१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, श्रीजनशील लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने कम्पनीले जनाएको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: