काठमाडौँ । सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । आज असोज ११ गते मंगलबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले कम्पनीको आइपिओ बाँडफाँड गरेको हो ।
आइपीओमा १ लाख ५ हजार ८ सय जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । आइपीओका लागि कुल १५ लाख १३ हजार ७८८ जना आवेदकले आवेदन दिएकामा १ हजार २५१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म कुल ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्य ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सिक्लेस हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्