काठमाडौँ । अर्थमन्त्रि जनार्दन शर्माले नेपालको निजि क्षेत्रलाइ प्रोत्सायित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एसियाली विकाश बैंकसँग छलफल गरेका छन् ।
एसियाली विकाश बैंकका उपाध्यक्ष अशोक लाभाषासँग कुराकानी गर्दै मन्त्रि शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण अर्थतन्त्रको विकाश हुने बताए । उनले भने, ‘निजि क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाइ उच्च प्राथमिकतामा राखेको छ ।’
नेपाल २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष्य हासिल गर्न निजि क्षेत्रको योगदान महत्वोपूर्ण हुने पनि शर्माले बताए । उनले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउँदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता बैकल्पित उर्जा उद्योगमा सहयोग गर्न अनुरोध गरेका छन् ।
शर्माले नेपालको ग्रामिण अर्थतन्त्रलाइ माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्र लगाएतमा लगानी आवश्यक भएकोले एसियाली विकास बैंकको सहयोग अझै बढाउन समेत अनुरोध गरे ।एसियाली विकास बैंकका उपध्यक्ष अशोक लाभाशाले एसियाली विकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैँ हातेमालो गर्ने बताए ।
अर्थमन्त्रि शर्माले दिएको मार्गदर्शन अनुसार आफु नेपाल सरकार र निजि क्षेत्रलाइ सहयोग गर्न तयार रहेको बताए । उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्