×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

काठमाडौँमा बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

Artha Sarokar

२८ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ उपत्यकाको सवारी आवागमन मंगलबार दिनभर प्रभावित हुने भएको छ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको ४ दिने नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौँ उपत्यकाको ट्राफिक आवागमन प्रभावित भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले आज एक सूचना जारी गरी विशेष कारणवश उपत्यकाका विभिन्न स्थानको ट्राफिक आवागमन प्रभावित हुने भन्दै बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।कार्यालयका अनुसार बिहान पौने ९ बजे देखि रविभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।

त्यस्तै, ११ः३० बजे रवीभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्यमोदय आसपासको क्षेत्रमा सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, दिउँसो ४ः३० बजे पद्यमोदय, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालिमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

सवारी जाम हुने रुटहरुको सट्टा बैकल्पिक मार्गहरुको प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा ली नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार काठमाडौं आएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी