काठमाडौं । काठमाडौं फनपार्कको कर छलीका विरुद्ध महानगरपालिका एक्सनमा उत्रिएको छ । बुधबार प्रदर्शनी मार्गमा रहेको काठमाडौं फनपार्कले ७ वर्षदेखि राजस्व नबुझाएको भन्दै एक्सनमा उत्रिएको महानगरको राजस्व विभागले कर तिर्नका लागि २४ घण्टे अल्टिमेटम दिएको हो ।
समाजकल्याण परिषद्को स्वामित्वमा रहेको क्षेत्र भाडामा लिएर सञ्चालन भएको फनपार्कले व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर नतिरेको पुष्टी भएपछि महानगरपालिकाले कर तिर्नका लागि बिहीबार बेलुकासम्मको भाखा दिईएको राजस्व विभागले जनाएको छ । ‘फनपार्कलाई हामीले कर तिर्नका लागि २४ घण्टे अल्टिमेटम दिएका छौँ । महानगरपालिकाले दिएको समयभित्र कर नतिरे फनपार्क सिलबन्दी गरी असुल उपर गरिने पत्रमार्फत चेतावनी पनि दिएका छौँ ।’ राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भने -‘विगत ७ वर्षदेखि काठमाडौं फनपार्कले राजस्व नबुझाएको देखिएको छ । बिहीबार बेलुकासम्म बक्यौता कर नबुझाए फनपार्क नै सिलबन्दी हुन्छ ।’
सामाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौापने र टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध यस अघि भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो । महानगरपालिकाले हालसम्म सम्पत्ति करवापतको ५० करोड रुपैयाँ असुली गर्नुपर्ने देखिएको राजस्व विभाग प्रमुख अधिकारीले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्