×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला, भदौ २१ गतेसम्म आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला, भदौ २१ गतेसम्म आवेदन दिन सकिने

Artha Sarokar

१७ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंकले ३० लाख युनिट इकाई ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले आज शुक्रबार (भदौ १७ गतेबाट) प्रतिइकाई १ हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।

सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ ।

ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको केबीएल डिबेन्चर २०८९ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । यो ऋणपत्रमा छिटोमा भदौ २१ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ ३१ गतेसम्म भर्न सकिने बैंकले जनाएको छ ।

यसमा सी-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी