काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आइतबार नेपाल आउने भएका छन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा पाण्डे नेपाल भ्रमणमा आउने भएका हुन् । पाण्डे आगामी पाँच दिनसम्म नेपाल भ्रमणमा रहनेछन् ।
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतसँग भेटवार्ता गर्नेछन् । उनी नेपाल आउने भएसँगै काठमाडौंको सुरक्षा व्यवस्थालामा कडाई गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्