×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । भदौ ३१ गते शुक्रबार दुई कम्पनीबीच एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेगरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठक र मर्जर उपसमितिका संयोजक उमेश लम्साल तथा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक भिम प्रसाद तिम्सिनाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेमबहादुर पाठक अध्यक्ष, डा. शिवरामप्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र ज्योतिचन्द्र ओझा नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहने सहमति भएको छ । दुवै संस्थाका संस्थापक समूहबाट २-२ जना, सर्वसाधारण समूहबाट १-१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाइएको छ ।

आरएमडीसी लघुवित्तको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१०० : ८७) कायम हुने गरी स्वाप रेसियो कायम गर्ने सहमति भएको छ । मर्जरपछि एकीकृत लघुवित्तको पुँजी कोष ७ अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब रुपैयाँ पुग्ने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: