×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिटरब्याजी अनिरुद्र साह पूर्पपक्षका लागि कारागार चलान, ब्याज दिन नसक्ने ऋणीमाथि यौन शोषण गरेको खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मिटरब्याजी अनिरुद्र साह पूर्पपक्षका लागि कारागार चलान, ब्याज दिन नसक्ने ऋणीमाथि यौन शोषण गरेको खुलासा

Artha Sarokar

७ आश्विन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महोत्तरीदेखि झापासम्मका दर्जनौ व्यक्तिलाई मिटरब्याजको भुमरीमा हालेर उठिबास लगाउने महोत्तरीका महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरूद्ध साहलाई पूर्पक्षका लागि जेल चलान गरेको छ । सोझा साझा किसानलाई मिटरब्याजको दलदलमा फसाउने र घरबारबिहीन बनाउने साहलाई कारागार चलान गरिएको हो ।

साहमाथि ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषण समेत गरेको आरोप लागेको छ । भङ्गाहा नगरपालिका- ५ बस्ने ४० वर्षीय अनिरूद्धलाई बुधबार अबेर साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार अनिरूद्धले थुप्रै मानिससँग अवैध रूपमा ब्याज असुली गरेको, धेरैलाई उठिबास लगाएको र ब्याजकै कारण धेरैलाई घरबारबिहीन बनाएकोसम्बन्धी पर्याप्त सबुत प्रमाण अदालतमा पेस भएकाले उनलाई न्यायाधीश सेनले पुर्पक्षमै राखेर मुद्दा अगाडि बढाउने आदेश दिएका हुन् ।

अनिरूद्धलाई ठगी, आपराधिक विश्वासघात, लिखतसम्बन्धी कसुर तथा संगठित अपराध मुद्दामा प्रहरीले भदौ ४ गते पक्राउ गरेको थियो । उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश भएपछि जलेश्वर कारागारमा पठाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी