×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तद्वारा बुद्द ज्योति लघुवित्तलाई प्राप्ति गरि एकीकृत कारोबार शुभारम्भ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मिर्मिरे लघुवित्तद्वारा बुद्द ज्योति लघुवित्तलाई प्राप्ति गरि एकीकृत कारोबार शुभारम्भ

Artha Sarokar

१६ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बनेपा । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्द ज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ति गरि एकीकृत कारोबार शुभारम्भ गरेको छ । लघुवित्तका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराको सभाध्यक्षतामा भएको उक्त समारोहमा वित्तीय संस्थाका संचालक, एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बोहराले कार्यक्रमको समुद्धघाटन गरेका थिए भने मिर्मिरेका संचालक एवं मर्जर एक्विजिसन समिति संयोजक सन्तोष फुयालले स्वागत मन्तब्य राखेका थिए । मन्तव्यको क्रममा फुयालले मिर्मिरेलाई अर्को एउटा थप सफलता मिलेको चर्चा गर्दै नेपालको लघुवित्त क्षेत्रमा मिर्मिरेको राम्रो छाप रहेको भनि खुशी व्यक्त गरेका थिए ।

दुवै लघुवित्त एक भएपछि मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले भदौ ६ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ ९ गते अन्तिम स्वीकृति दिएका थिए । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहने भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी