×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

मिर्मिरे लघुवित्त १२औं वर्ष पुरा गरी १३औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकउत्सव

SAGARMATHA CEMENTS

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेवाको १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको  छ । वार्षिकउत्सवको अवसरमा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ४ मा रहेको लैंगिक हिंसा प्रभावित तथा असाहाय महिला, किशोरी एवं बालबालिका पुर्नस्थापना केन्द्र ‘आदर्श गृह नेपाल’लाई रु. २५ हजार बराबरको खाद्यान्न, फर्निचर तथा सरसफाइ सामाग्री सहयोग गरेको छ ।

बागमती प्रदेश प्रमुख राजेश श्रेष्ठ, उप प्रमुख प्रकाश बोहरा र भरतपुर शाखा प्रमुख सरस्वती तिवारीको उपस्थितीमा आदर्श गृह नेपालका अध्यक्ष मिना खरेललाई तीन सिटे फर्निचर, खाद्यान्न सामाग्रीहरु र सेनेटरी प्याड वितरण गरेको हो ।

असाहायहरुलाई पुर्नस्थापना गर्न लागि परेको गृहलाई हरेक व्यक्ति, संस्था, समुदायले सहयोग गर्न अनुरोध गर्दै संस्थाका प्रदेश प्रमुख श्रेष्ठले निरन्तर रुपमा यस प्रत्यक्ष परोक्ष रुपमा सहयोग गरिरहने बताएका हुन् । संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमहरु मध्ये मिर्मिरेले सहयोग गरेकोमा संस्थाका अध्यक्ष मिना खरेलले धन्यवाद पत्र प्रदान गर्दै यस वर्षको विशेष सहयोगी हुनुभएकोमा खुशी लागेको बताइन्।

मिर्मिरेले असोज ७ गतेको वार्षिकउत्सवको अवसरमा विभिन्न प्रदेशहरुमा ट्राफिक सचेतना कार्यक्रम, सामाजिक संस्थाहरुमा सहयोग तथा सरसफाइ एवम् डष्टविनहरु वितरण लगायतको कार्यक्रमहरु गरिरहेको छ भने केन्द्रीय कार्यालय बनेपा सहित देशव्यापी रुपमा रहेका १५१ वटा शाखाहरुमा विभिन्न कार्यक्रमहरुसहित वार्षिकउत्सव मनाउन लागिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले जानकारी दिएका हुन् ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत भाद्रमा रुपन्देही जिल्लाको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी ६३ जिल्लामा १५१ वटा मार्फत झण्डै १ लाख ४० हजार सदस्यहरुलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal