काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सिस्टम डाउन हुँदा तीन दिनदेखि परिचयपत्र पाउन सकस भएको गुनासो बढ्न थाल्यो । नागरिकको गुनसो दिनहुँ बढ्न थालेपछि मंगलबार अर्थ सरोकारको टिम केशरमहलस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा पुग्यो । त्यहाँ पुग्दा सेवाग्राहीका सास्ती छताछुल्ल थिए । कोही बच्चा बोकेर पालो कुर्दै थिए भने कोही रातीदेखिको निन्द्रा बिसाउन वेटिङ पेटीमै निदाएका थिए ।
सिस्टम बनाउने भन्दै केही कर्मचारी बाहिर झुण्डिएका तार टक्टक्याउँदै थिए । तर, तीनदेखि बिग्रिएको सिस्टम कहिले बन्ने हो ? भन्ने सवालमा स्वयम विभागकै कर्मचारी अनविज्ञ थिए । हामीले त्यहाँका नागरिकसँग पनि यथार्थ बुझ्ने प्रयास गर्यौं । र हामीले नागरिकका समस्या जस्ताको त्यस्तै कार्यालयका रुजु अधिकारी चन्द्रमणी ओझा समक्ष राख्यौँ । उनले सिस्टममा समस्या आएको स्विकारर्दै सुधारका लागि प्रयत्न गरिरहेका थिए । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भनेका थिए -‘टेक्निसियनले काम गर्दैछन् । आज सिस्टमको समस्या समाधान गरेर साँझ ६ बजेसम्म बसेर भएपनि परिचयपत्र बाँड्छौँ ।’
नभन्दै त्यसको केही समयमा विभागको सिस्टममा देखिएको समस्या समाधान भयो र परिचयपत्र वितरणको काम सुरु भयो । ‘तीन दिनदेखि समाधान नभएको समस्या मिडिया आएपछि हल भयो । हामीले सहज रुपमा परिचयपत्र पायौँ, कुनै झण्झटबिनै फटाफट काम भयो’, राजेश न्यौपानेले भने, ‘उहाँहरुले साँझसम्मे बसेर काम गर्नुभयो । मेरो लाईनमै १५० जना हुनुहुन्थ्यो, मंगलबारमात्रै २०० टोकन बाँडेको थियो । साँझसम्म सबैले सहज रुपमा परिचयपत्र पाउनुभयो ।’ यो सँगै बुधबार पनि विभागबाट सहज रुपमा परिचयपत्र वितरणको काम भईरहेको छ ।
यस्तो थियो राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा अर्थ सरोकारको छड्केः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्