×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्गो होलमा धुँवा देखिएपछि जापान उडेको वाइडबडी आधा घण्टामै फर्कियो, प्राविधिक जाँच गरी आजै उड्ने तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कार्गो होलमा धुँवा देखिएपछि जापान उडेको वाइडबडी आधा घण्टामै फर्कियो, प्राविधिक जाँच गरी आजै उड्ने तयारी

Artha Sarokar

२९ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जापानको नारिताका लागि उडेको नेपाल एयरलाइन्सको जहाज आधा घण्टामै फर्किएको छ । बुधबार राती १८४ जना यात्रु बोकेर जापानका लागि उडेको नेपाल एयरसलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज आधा घण्टामै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फर्किएको हो ।

प्राविधिक समस्या देखिएपछि जहाज आधा घण्टामै फर्किएको थियो । ‘उडेको आधा घण्टामा जहाज फर्किएको थियो’, त्रिभुवन विमानस्थल कार्यालयका एक कर्मचारीले भने, ‘जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । उडेको आधा घण्टामा यस्तो समस्या देखिएपछि जहाज फिर्ता आएको हो ।’

राती फर्किएको नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ को प्राविधिक जाँचपछि पुनः बुधबार नारित उड्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

यसो त नेपाल एयरलाइन्सको जहाजमा यस्तो समस्या देखिएको यो पहिलो घटना भने होइन । यसभन्दा अघि पनि जहाजमा यस्तै समस्या देखिएपछि जहाज फर्किएको र हवाईसेवा अवरुद्द भएका  थुप्रै उदाहरण छन् । तर पनि यसतर्फ सम्बन्धित निकायको ध्यान भने जान सकेको छैन । पटक-पटक हवाई दुर्घटनाको नमिठो साक्षी हुँदासम्म पनि यसको दीर्घकालीन समाधान नखोज्दा प्रत्येक दिन जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरुको गुनासो रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी