×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले सोझै ४० अर्ब बराबरको ट्रेजरी बिल खरिद गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्र बैंकले सोझै ४० अर्ब बराबरको ट्रेजरी बिल खरिद गर्दै

Artha Sarokar

६ आश्विन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोझै ट्रेजरी बिल खरिद गर्ने भएको छ । राष्ट्र बैंकले ४० अर्ब बराबरको ट्रेजरी बिल खरिद गर्ने भएको हो । आज असोज ६ गते बिहिबार बैंकले ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएको तरलता अभावलाई सहज बनाउन नेपाल सरकारको ट्रेजरी बिल सोझै खरिद गरेर उक्त रुपैयाँ वित्तीय बजारमा प्रवाह गर्न लागेको हो । असोज ६ गते बिहिबार ३ बजेसम्म बोलकबोल पेश गरिने र असोज ७ गते शुक्रबार उक्त ट्रेजरी बिल खरिद हुने राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षमा नवीकरणको लागि बोलकबोल भएको ट्रेजरी बिल राष्ट्र बैंक आफैले धमाधम खरिद गरिरहेको छ । तर, यसपटक भने ट्रेजरी बिल सोझै खरिद गरेर राष्ट्र बैंकले प्रणालीमा तरलता पठाउन लागेको हो । केही दिन अघि पुरानो ऋणपत्र नवीकरण गरिरहेको राष्ट्र बैंकले यसपाली भने बजारमा पैसा पठाउन लागेको हो ।

२०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारको ट्रेजरी बिल खरिद हुने केन्द्रिय बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी