काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारी छुटको अफर सार्वजनिक गरेको छ ।
अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे (विश्व मुटु दिवस) को अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरीद गर्दा ३५ प्रतिशतसम्म छुट पाउने गरी अफर सार्वजनिक गरेको हो ।
हेल्थ प्याकेज अन्तर्गत गरिने विभिन्न परीक्षणहरुका लागि तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट पाइने अस्पतालले जनाएको छ । यस्तो छुट सम्बन्धी व्यवस्था लागु भइसकेको र अवको एक महिनाभित्रमा हेल्थ प्याकेज खरीद गर्नेले पाउन सक्नेछन्।
विश्व मुटु दिवसको अवसर पारेर डिजाइन गरिएको प्याकेज अन्तर्गत सुगर फास्टिङ, आरएफटी, टोटल कोलेस्ट्रोल, इसीजी, युरिन रुटिन, इको, ईएसआर, सिबिसी लगायतका जाँचहरु गरिनेछ ।
यी जाँचहरु गर्दा लाग्ने साबिकको शुल्कहरुमा ३५ प्रतिशतसम्म छुटको अफरसहित विशेष हेल्थ प्याकेज घोषणा गरिएको हस्पिटलले जनाएको छ । यसपटकको विश्व मुटु दिवस यूज हर्ट फर एभ्री हर्टको थिममा विश्वभर मनाइँदैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्