काठमाडौं । तरलता संकट व्यवस्थापनका लागि भन्दै नेपाल राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब रुपैयाँ जारी गर्ने भएको छ । बैंकिङ क्षेत्रमा देखिएको तरलता संकटलाई व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले १४ दिनको रिपो जारी गर्न लागेको हो ।
यदी बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या आएको खण्डमा राष्ट्र बैंकले रिपो जारी गर्न सक्ने व्यवस्था छ । राष्ट्र बैंकले जारी गरेको रिपो बोलकबोल प्रणालीबाट बिक्री हुने छ । बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले यो दोस्रो पटक रिपो जारी गर्न लागेको हो । यसअघि राष्ट्र बैंकले गत साउन १२ गते ३० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो ।
सो समयमा बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब रुपैयाँको रिपो खरिद गर्नु पर्ने माग गरेका थिए । तर, राष्ट्र बैंकले ८.५५ प्रतिशत देखि ८.२ प्रतिशत ब्याजदर कबोल गर्ने संस्थालाई ३० अर्ब रुपैयाँको रिपो बिक्री गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्