काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको छ । भारतबाट मूल्य वृद्धि भएर आएसँगै निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निममले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ ।
यसभन्दा अघि आईओसीबाट तीन-तीन पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि निगमले मूल्य घटाएको थिएन । तर, बिहीबार आईओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएसँगै बिहीबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
यो सँगै अब प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । यसअघि तीनपटकसम्म मूल्य घटेर आउँदा पनि मूल्य समायोजन भएको थिएन । तर, यसपटक भने निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेरै छोडेको छ । यद्यपी ग्याँस र पेट्रोलको मूल्य भने निगमले यथावत् राखेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्