काठमाडौं । चार पांग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नम्बर अनिवार्य रुपमा चाहिने भएको छ । बिहीबार एक सूचना जारी गर्दै आन्तरिक राजस्व विभागले अव चार पांग्रे सवारी साधनको खरिदमा स्थायी लेखा नम्बर अनिवार्य रुपमा पेश गर्नुपर्ने जनाएको छ ।
चार पांग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र विक्रेताले उक्त स्थायी लेखा नम्बर विक्री वीजकमा उल्लेख गर्नुपर्ने राजस्व विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । विभागका अनुसार प्यान नम्बर अनिवार्य लागू गर्ने क्रममा यो नियम कार्यान्वयनमा ल्याएको हो ।
त्यस्तै सोही सूचनाबाट विभागले पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने जनाएको छ ।
चालु आवको बजेटको ३९१ नम्बर बुँदाले यस्तो प्रावधान गरेको छ । पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने भएको छ । यो प्रावधान कार्यान्वयन गर्ने निकायहरुलाई विभागले सूचित गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्