काठमाडौं । उपत्यकामा लुट मच्याएको आरोपमा नेपाल प्रहरीका पूर्व असई र हवल्दार पक्राउ परेका छन् । उपत्यकामा भएका लुटपाटका केही घटनामा संलग्नता रहेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्व असई बाल सुन्दर सापकोटा र पूर्व हवल्दार अर्जुन कार्कीलाई पक्राउ गरेको हो ।
आइतबार राती काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यानी चोकमा रहेको एक मोबाइल पसलमा लुटपाट भएको थियो । उक्त पसलबाट तीन वटा आईफोन मोबाइल समेत लुटिएका थिए । ‘पसल लुटपाटमा तीनजना संलग्न थियो’, पिडितले भने, ‘एक जना बाहिरै बसेको थियो, बाँकी दुईजना पसलभित्र छिरेका थिए ।’
पसल चोरी भएको विषयमा पिडीतले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा पूर्व असई सापकोटा र पूर्व हवल्दा कार्कीको संलग्नाता भएको पाइएको थियो । लुटपाटमा प्रहरीकै संलग्नता पुष्टी भएपछि दुवैजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनाको घरबाट लुटपाट गरिएका तीन वटै मोबाइल फोन, सुन र सक्कली जस्तै देखिने पेस्तोल र गोली बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । यो सँगै उपत्यकामा भएका अन्य लुटपाटको घटनामा पनि यही गिरोहको संलग्नता रहेको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्