×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भ्रष्टाचार गर्दिन भन्नेले भित्रभित्रै देशलाई खोक्रो बनाए, भ्रष्टाचारमुक्त गराउने योजना अव मसँग छ’ – प्रचण्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘भ्रष्टाचार गर्दिन भन्नेले भित्रभित्रै देशलाई खोक्रो बनाए, भ्रष्टाचारमुक्त गराउने योजना अव मसँग छ’ – प्रचण्ड

Artha Sarokar

३० भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश भ्रष्टाचारमा डुबेको बताएका छन् । बिहिबार नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले बाहिर भ्रष्टाचार विरोधिको मुकुड लगाएर भित्रभित्रै भ्रष्टाचारको बिउ रोप्ने श्रृखला बढेको बताए । ‘अहिले यो देशमा काम गर्नका लागि घुस खुवाउनुपर्छ, घुस नखुवाएसम्म काम नहुने सिस्टम बस्यो । बाहिर–बाहिर भ्रष्टाचार गर्दिन भन्ने साइनबोर्ड टाँस्ने तर भित्रचाहिँ भ्रष्टाचारले देश खोक्रो पारिसक्यो’, उनले भने, ‘तर, अवचाहिँ चुप लागेर बस्ने दिन गए । जबसम्म नेपालमा माओवादी छ, तबसम्म भ्रष्टाचार गर्नेलाई चैनसँग बस्न दिदैनौँ ।’

हाल नेपालमा भ्रष्टाचार र कुशासनले सिमा नाघेको बताउँदै अध्यक्ष प्रचण्डले अव सिस्टम परिवर्तन गर्नुपर्ने बेला भएको बताए । नेपालमा प्रधानमन्त्री बनेका प्रायः सबैजना भ्रष्टाचारमा लिप्त भएको प्रचण्डले आरोप लगाए । ‘नेपालका कयौँ प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने साईनबोर्ड टाँगे । तर, अन्तिममा भ्रष्टाचार बाहेक केही गरेनन्’, उनले भने, ‘यसमा व्यक्तिको दोष हो की प्रणालीमा नै दोष हो ? विचार गर्नुपर्ने बेला आएको छ ।’

कार्यक्रममै बोल्दै प्रचण्डले अव देशलाई भ्रष्टाचारमुक्त बनाउने योजना आफुसँग भएको बताएका छन् ।

अध्यक्ष दाहालले राजनीतिक दल र उद्योगीहरुमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको बताए । उनले देश गम्भीर आर्थिक शंकटमा रहेको कुरा देश हरेक कुरामा परनिर्भरतामा रहनुले पुष्टि हुने बताए । उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने काममा आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिए पनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गरे ।

अध्यक्ष दाहालले देश आत्मनिर्भरता र सबलताको दृष्टिकोणले झनै कमजोर बनिरहेको उल्लेख गरे। उनले नेपालको अर्थतन्त्रलाई उकासेर अघि बढ्न जरूरी रहेको पनि बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी