काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न Point of Sale (POS) को माध्यमवाट प्रति कारोबार रु.१,००० वा सो भन्दा बढीको Card Swipe गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना आगामी २०७९ असोज १० गते देखि २०७९ कार्तिक १३ गतेसम्म लागू हुने छ ।
देशभर विभिन्न व्यवसायहरुमा रहेको POS को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै POS मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ । यस अन्तर्गत ३ देखी ५ पटकको Card Swipe मा ५% अधिकतम क्यास ब्याक वा रु.५००, ६ देखी १० पटकको Card Swipe मा १०% अधिकतम क्यास ब्याक वा रु.७५०, ११ देखी १५ पटकको Card Swipe मा १५% अधिकतम क्यास ब्याक वा रु.१,००० मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।
यसैगरी, आगामी २०७९ असोज ७ देखि १४ गतेसम्म र २०७९ कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ प्रयोग गरी QR Code स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १०% वा रु.१०० जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्