काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको साधारण सभा असोज ३१ गते हुने भएको हो ।
सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ । कम्पनीको असोज ६ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सभामा कम्पनीले ७.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने अर्को एजेण्डा रहेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्