×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने समय थपियो, अब कहिलेसम्म दिन पाईन्छ आवेदन ?

PRIME CA
GLOBAL IME BANK

सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने समय थपियो, अब कहिलेसम्म दिन पाईन्छ आवेदन ?

१९ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको आइपीओमा अब असोज ४ गतेसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

आइपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं.५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: