काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५७.०० अंकले घटेर १९२४.४८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३२ कम्पनीको ६९ लाख ४० हजार ५ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार लक्ष्मी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड ५० लाख ३३ हजार १ सय ९० रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा सिटिजन्स म्युचल फण्ड -२का लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, ८.५ % एसबिएल डेभेन्चर २०८४, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, सनराइज ब्लुचिप फण्ड र मेगा म्युचल फण्ड-१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार लक्ष्मी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड ५० लाख ३३ हजार १ सय ९० रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, अपि पावर कम्पनी, नेपाल दूरसंचार कम्पनी, हिमालयन डिस्ट्रिलरी र अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा एनआइसी एशिया फ्लेसी क्याप फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । एनआइसी एशिया फ्लेसी क्याप फण्डको सेयरमा यस्तो गिरावट आउँदा सम्वृद्धि फाइनान्स कम्पनी, स्वेत गंगा हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, लिबर्टी इनर्जी कम्पनी र न्यादी हाइड्रोपवारमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्